Saturday, 05 December 2020
HomeContactGalleryWebmail

खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम

बाँके तथा बर्दिया जिल्लामा सञ्चालन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमले बिद्यालयलाई सक्रिय बनाएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगञ्जको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँकेद्धारा संचालित स्कुल वास कार्यक्रमले बिद्यार्थी तथा बिद्यालयलाई सरसफाई तथा स्वच्छताका बिषयमा सक्रिय बनाउन सफल भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ (सन २०१७/०१८) मा संचालन भएको सो कार्यक्रमले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको गुणस्तरीय शिक्षा आर्जन गर्न सहज वातावरण निर्माण गरेको छ । बाँकेमा ८ तथा बर्दियाका ४ वटा बिद्यालयहरुमा सो कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय, धारा जस्ता पूर्वधारलाई बालमैत्री, अपाङ्गमैत्री बनाउने कार्य भएको छ । जसमा बिग्रिएका, भत्किएका शौचालयको मर्मत सम्भार, शौचालयभित्र पानीको उपलब्धता, टायल लगाउने र साबुन, टावेलको व्यवस्थापन गरिएको छ ।

त्यस्तै नियमित रुपमा सरसफाई गर्नका लागि सरसफाई सामाग्रीको व्यवस्थापनका साथै बिद्यार्थीहरुमा सरसफाई गर्नुपर्ने उत्प्रेरणा जागृत गरिएको छ । स्कुल वास कार्यक्रमले महिनावारी व्यवस्थापनमा समेत ठुलो सहयोग पुर्‍याएको छ । महिनावारीका समयमा बिद्यालय छाड्ने छात्राहरुका लागि यो कार्यक्रम एकदमै फलदायी साबित भएको छ । प्रत्येक महिना बिद्यालयमा महिनावारी उमेर समूहका किशोरीहरुको उपस्थिति कम हुने गरेको पाइएको थियो भने यो कार्यक्रमपछि महिनावारीका समयमा बिद्यालय छाड्ने किशोरीहरु घर जान बन्द भएको पाञ्चजन्य माध्यमिक बिद्यालय पदनाहा, बारबर्दियाका प्रधानध्यापक गोबिन्द ढकालले जानकारी दिनुभयो ।

 

किशोरीहरुमध्ये कुनै न कुनैको महिनाभरिको बिद्यालय लाग्ने दिनमा चार पाँच दिन गायल नै देखिन्थ्यिो प्र.अ ढकालले भन्नुभयो, तर स्कुल वास कार्यक्रमले किशोरीहरुले महिनावारीको समयमा पनि बिद्यालय छाड्नु हुँदैन भन्ने जानकारी पाएपछि अहिले घर जाने कार्य बन्द गरेका छन् । बिद्यालयमा महिनावारी व्यवस्थापन गर्ने उपयुक्त वातावरण नहुँदा महिनावारी उमेरका किशोरीहरुले महिनामा करिब चार/पाँच दिन छोडेर घर जानुपर्ने अवस्थालाई यस कार्यक्रमले अन्त्य नै गरेको छ । कार्यक्रम अन्तर्गत त्यस्ता किशोरीहरुका लागि प्याड व्यवस्थापन गर्न इन्सिनेरेटर, चेन्जिङ्ग रुम र साबुन पानीको व्यवस्था गरिएको छ भने किशोरीहरुलाई आफैले प्याड बनाउने सीप दिनुका साथै आवश्यक सामाग्रीहरु जस्तै कपडा, सियो, धागो, कैची, टाँक (बटन) पनि प्रदान गरेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय नौलापुर, बैजनाथ गाउँपालिका वडा नं.–४ का प्रधानध्यापक बल बहादुर खत्रीले बताउनुभयो ।

 

कार्यक्रमले बिद्यार्थीहरुमा अध्ययन बाहेकका क्रियाकलापमा पनि सक्रिय हुनुपर्ने ज्ञान आर्जनमा सहयोग पुर्‍याएको प्र.अ. खत्रीले बताउनुभयो । स्कुल वास कार्यक्रमले खानेपानीको सहज व्यवस्थापनका लागि खानेपानी ट्याँकी निर्माण, धारा जडान, किशोरीमैत्री शौचालय निर्माण तथा बालबालिकाहरुको क्षमता बिकासका तालिमहरु संचालन गरेको थियो भने बिद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र सम्बन्धित वडा कार्यालयका प्रनितिनिधिहरुलाई पनि स्कुल बासका लागि नेपाल सरकारले बनाएको निति नियमबारे अभिमुखकरण गरिएको थियो ।

 

हाल यो कार्यक्रम सकिएको भएपनि सरसफाई तथा अतिरिक्त क्रियाकलापमा बिद्यालयले जोड दिन थालेको छ । महिनावारी व्यवस्थापनका लागि जानकारी दिने गरेको र प्याडको व्यवस्था गर्ने गरेको छ भने बिद्यालयको वातावरणलाई सफा बनाउन सरसफाई अभियानहरु संचालन गरिरहेको छ ।

 

बाँकेको जानकी गाउँपालिका वडा नं.–१ साईगाउँस्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय शिवपुरी, वडा नं.–३ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बन्जारे गाउँ, वडा नं.–६ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भाटनपुर्वा, हनुमान प्रथामिक बिद्यालय कैरातीपुर्वा, बैजनाथ गाउँपालिका वडा नं.–१, चिसापानीस्थित जनजागरण प्राथमिक बिद्यालय करेली, वडा नं.–४ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय नौलापुर, वडा नं.–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ओरीलालपुर र वडा नं.–८ स्थित दुर्गा आधारभुत बिद्यालय टिटिहिरिया तथा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.–४ स्थित पाञ्चजन्य माध्यमिक बिद्यालय पदनाहा, वडा नं.–५ स्थित जनशक्ति आधारभूत बिद्यालय बनघुस्री र राजापुर नगरपालिका वडा नं.–५ स्थित पदुमकुमारी माध्यमिक बिद्यालय र वडा नं.–९ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय इश्वरीगञ्जमा स्कुल वास कार्यक्रम सञ्चालन भएको थियो ।

Vacancy / Career

  • TOR
    Published: 05 Oct, 2020
  • Vacancy Announcement
    Published: 10 Sep, 2020
  • JD For WTO
    Published: 30 Aug, 2020
  • [+] View More

    Reports

  • Geruwa Program Annual Report 2018
    Published: 06 Mar, 2018
  • Annual Report 2074-75
    Published: 02 Oct, 2017
  • Geruwa Annual Report 2017
    Published: 11 May, 2017
  • [+] View More