Sunday, 27 September 2020
HomeContactGalleryWebmail

सरसफाईमा नमुना गाँउ बन्दै उदयपुर

बर्दियाको राजापुर नगरपालिका वडा नं.–६, उदयपुर टोलका स्थानीयहरु सरसफाईतर्फ सक्रिय बन्न थालेका छन् । उनीहरुको सक्रियताले पहिले र अहिलेको टोलमा धेरै फरक देखिएको छ । जताततै फालिने फोहोर अहिले डष्टबिनमा फालिने, दैनिक रुपमा प्रयोग हुने सामानहरु जहाँ पाय त्यही नै छाडिदिने र स्वच्छ वातावरणमा खासै ध्यान नदिने टोल अहिले त्यसको ठिक उल्टो देखिन्छ । यहाँका स्थानीय अहिले सरसफाईमा बिशेष ध्यान पु¥याउन थालेका छन् । 
 
सडक, बाटो, पसल तथा आँगनमा देखिने प्लास्ष्टिक तथा कागजजन्य फोहोरलाई अहिले खाल्डोमा व्यवस्थितगर्न थालेका छन् । त्यसका लागि उनीहरुले टोलका बाटोहरुको बिभिन्न ठाउँमा स्थानीय स्तरकै फोहोर मलाई खाल्डोको व्यवस्थापन गरेका छन् । यसका साथै घर आगँन सफा राख्ने र पानी जम्ने स्थान पुर्ने, भान्सा व्यवस्थापन, खानेपानी व्यवस्थापन, खाद्यान्नको पौष्टिकता मुल्याँकन गरेर समेत खान थालेको टोल सरसफाइका अध्यक्ष मन बुझावन थारु बताउँछन् ।  टोललाई नै स्वच्छ सफा बनाउन स्थानीयले प्रत्येक घरधुरीका एक/एक जना सहभागि भई साप्ताहिक सरसफाई अभियान संचालनको योजना नै बनाएका छन् । अभियान अन्तर्गत बाटो छेउछाउँका झारपात तथा फोहोर संकलन गरी एक ठाउँमा व्यवस्थित गर्ने र व्यवस्थित नभएको चर्पीलाई व्यवस्थित बनाउन एक अर्कालाई सहयोग गर्ने गरिएको अध्यक्ष बताउँछन् । 
 
३७ घरधुरी रहेको टोलका सरसफाईको सचेतनासंगै माझिसकेको भाँडा सुकाउन बास तथा काठको प्रयोगबाट मचान (भाडा सुकाउने स्थान) को निर्माण समेत गरेका छन् । पहिलेको उदयपुरभन्दा अहिलेको उदयपुरमा परिवर्तन भएको स्थानिय स्वयंसेबिका सुसिला थारु बताउँछिन् । उनी भन्छिन्, अहिले जो कोहीलाई उदयपुर सरसफाईमा सजक भएको महशुश हुन्छ । गाउँलाई बिभिन्न माध्यमबाट लाग्न सक्ने रोग तथा संक्रमणबाट बचाउनका लागि नै सरसफाई गर्नुपर्छ भन्ने सबैको सहमतिमा कसरी सफा टोल बनाउने भनेर योजना समेत बनाएको स्वयं सेबिका सुसिलाले बताइन । 
 
नजिकैको टोल सरसफाईमा नमूना बन्न थालेको देखेर छिमेकी टोल जोगीपुर स्थानीय पनि उदयपुरको सिको गर्न शुरु गरेका छन् । उनीहरुले सफा टोल बनाउन बिभिन्न कार्यक्रमहरु शुरु गर्न थालेको टोल सरसफाइ समितिका सदस्य देबिराम थारु बताउँछन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गेरुवा ग्रामिण जागरण संघ बर्दियाले नगरपालिका र सम्बन्धित वडा कार्यालयको सहकार्यमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत संचालन गरेको जनचेतना क्रियाकलापले स्थानीयलाई आफ्नो घर, टोल र गाउँलाई सरसफाईयुक्त बनाउन स्थानीय अग्रसर भएको स्थानीयले बताए । गेरुवाले नेपाल सरकारले नेपाललाई पूर्ण सरसफाई उन्मुख बनाउने मापदण्ड अनुसार नै कार्यक्रमहरु गरिरहेको र स्थानीय वडा कार्यालयहरु पनिसरकारले लिएको लक्ष्य पुर्तिका लागि समन्वय सहकार्य गरिरहेका छन् । 
 
तयारकर्ताः
ज्ञान बहादुर चौधरी
सुपरभाइजर
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया
 

Vacancy / Career

  • Vacancy Announcement
    Published: 10 Sep, 2020
  • JD For WTO
    Published: 30 Aug, 2020
  • Vacancy PC
    Published: 30 Aug, 2020
  • [+] View More

    Reports

  • Geruwa Program Annual Report 2018
    Published: 06 Mar, 2018
  • Annual Report 2074-75
    Published: 02 Oct, 2017
  • Geruwa Annual Report 2017
    Published: 11 May, 2017
  • [+] View More