Saturday, 05 December 2020
HomeContactGalleryWebmail

१३ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाइने

नेपालगंज उपमहानगरपालिकाका १३ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाइने भएको छ । गेरुवा ग्रामीण जागरण संघ, एस. एन. भि. नेपाल र नेपालगंज उपमहानगरपालिकाको समन्वय तथा सहकार्यतामा स्मार्ट विद्यालय बनाउन बिभिन्न क्रियाकलापहरु संचालन भएको छ । विद्यालयमा पुर्ण सरसफाई कार्यक्रम लागु गरि विद्यालयलाई स्वच्छता तर्फ अगाडि बढाउनका निम्ति ६ वटा समुह निर्माण गरिएको छ ।

 समुहमा क्यापटन, भाइस क्यापटन र पाँचजना सदस्य गरि समुह निर्माण गरिएको छ । विद्यालयको प्रागंडमा नेपाल सरकारको झण्डा सहित समुहगत ७ वटा झण्डा निर्माण गरिएको छ ।

विद्यालयको सरसफाई अवस्थामा सुधारका लागि सरसफाइ कोषको स्थापना गरिएको छ । उक्त सरसफाइ कोषलाई खर्च गर्नका लागि सरसफाइ कोष मार्गदर्शनको निर्माण गरिएको छ । सरसफाइ कोषको सुरुवातका लागि एस.एन.भि. नेपाल र गेरुवाको तर्फबाट ७० हजारका दरले १३ वटा विद्यालयहरुको खातामा रकम प्रदान गरिएको छ ।

विद्यालयको सरसफाइ कोषलाई निरन्तर रुपमा अगाडि बढाउनका लागि विद्यालय स्तरिय सरसफाइ सम्मेलनको आयोजना गरि बिभिन्न सरोकारवालाहरु, अभिभावक तथा विद्यार्थीको सहभागिता भब्य रुपमा १३ वटै विद्यालयमा सरसफाइ सम्मेलन सम्पन्न गरिएको छ ।
 

          सरसफाइ सम्मेलन यस कार्यक्रमको महत्वपुर्ण क्रियाकलापको रुपमा लिइएको छ । यस क्रियाकलापबाट विद्यालयमा अभिभावकहरुको उपस्थिती हुने, विद्यार्थीहरुको क्षमता प्रस्फुटन हुने तथा विद्यालयको हरेका अवस्थाहरुको बारेमा स्थानिय सरकार तथा सरोकारवालहरुलाई अवगत गराउने मुख्य उदेश्य हो । यस सम्मेलनमा विद्यालयमा गठन भएको समुहबाट बिभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएको थियो । साथै सरसफाइ सम्मेलनको अर्को मुख्य उद्धेश्य विद्यालयका स्थापना भएको सरसफाइ कोषको बढावाका लागि चन्दा संकलन पनि हो ।

यस १३ वटा विद्यालयमा सरसफाइ सम्मेलनको अवसरमा विद्यालयलयको अनुरोधमा वडा अध्यक्षहरु, नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा, उपमेयर उमा थापा मगर, शिक्षा इकाइ शाखाका प्रमुख, प्रदेश नं. ५ का सांसद सुरेन्द्र हमाल र याकुब अंसारी, समाजसेबि, ब्यापारी, अभिभावकहरु, शिक्षक तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Vacancy / Career

  • TOR
    Published: 05 Oct, 2020
  • Vacancy Announcement
    Published: 10 Sep, 2020
  • JD For WTO
    Published: 30 Aug, 2020
  • [+] View More

    Reports

  • Geruwa Program Annual Report 2018
    Published: 06 Mar, 2018
  • Annual Report 2074-75
    Published: 02 Oct, 2017
  • Geruwa Annual Report 2017
    Published: 11 May, 2017
  • [+] View More