गेरुवा ग्रामीण जागरण संघ बर्दिया जिल्लाको दुर्गम स्थान मानिने राजापुर गाबिस (हाल राजापुर नगरपालिका) आज भन्दा २८ बर्ष पहिले त्यस क्षेत्रमा परिवर्तनशिल उद्देश्य लिएका युवाहरुको पहलमा आत्म साक्षी राखि मन, बचन, र कर्मले समाजको सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको थियो । हाल नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश मा समुदायको बिकासको लागि ४ दर्जन भन्दा बढी परियोजना संचालन गरी सकेको छ । हाल बिभिन्न ६ कार्यालय खोली बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा परियोजना संचालन गर्दै आइरहेको छ । विगतमा यस संस्थाले दाङ्ग, रोल्पा, अछाम र डोटी जिल्लामा पनि काम गरिसकेको छ। यस संस्थाको २८ बर्ष पुराहुन लागेको शुभ अवसमा मेरो भनाई राख्न पाउदा अत्यन्तै हर्षित भएको छु ।
यस संस्थाका संस्थापक सदस्यहरुको पहलमा यस संस्थाको स्थापनाका लागि प्रारम्भिक छलफल गरी बर्दिया जिल्लाको राजापुरमा भेला गराई २०४९ माघ ६ गने जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका थियौं । समाज कल्याण परिषदमा आवद्धता, कर कार्यालयमा दर्ता भई पान नम्बर लिइ सकनु साथै गैरसरकारी संस्था महासंघ, नेपाल, सुरक्षित मातृत्व महासंघ नेपाल र गैरसरकारी संस्था समन्वय समिति बर्दियामा सदस्य प्राप्त गरी सकेको छ । संस्था स्थापना भएको २८ बर्ष पुगी सक्दा हिजो अस्ति जस्तो लागेको छ मलाई, काममा सक्रियतापुर्वक अघी बढदै जादा समय गएको थाहै नहुदो रहेछ । यस संस्थाले २८ बर्षे कालखण्डमा असख्य आरोह अवरोधहरु पार गरेको छ । ती सम्पूर्ण आरोह अवरोहको यस संस्थाको इतिहासले उचीत मुल्याङ्गकन गर्नेछ । यस अवधिमा नेपालको दुर्गम, पछाडी परेको समुदाय एवं द्धन्दग्रस्त परिबेशमा समेत कार्यगरेको अनुभव, प्राबिधिक क्षमता, एवंम सहकार्यमार्फत सकारात्मक सोच, योजना कार्यान्वय एवंम उपलब्धीहरु नै नेपाली समुदायको सम्पतिका रुपमा रहेको छ ।
अन्तमा,
यस संस्थालाई सहयोग प्रदान गर्नुहुने सम्पूर्ण ब्यक्ति एवं संघ, संस्था, सरोकार निकायहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु साथै यस गेरुवा ग्रामीण जागरण संघको संस्थागत क्षमता अभिबृद्धि एवं संस्थाको श्रोत साधन अभिबृद्धि गराई सामुदायिक बिकासका लागि हातेमालो गरीदिन हुन सम्पर्ण सरकारी कार्यालय, स्थानीय निकाय, गैर सरकारी संस्था, बिभिन्न स्वदेशी एवं बिदेशी दातृ निकाय एव नागरिक समाजका ब्यक्तिहरु लगायत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।
यस संस्था गेरुवा ग्रामीण जागरण संघले बर्दिया जिल्लाको क्षेत्र नम्बर ४ को बिकट क्षेत्र भवरा टापुको गाँऊ तथा नगरपालिका बसोबास गर्ने ग्रामीण जन समुदायको जनचेतना जगाउन र शसक्तीकरण गर्न आर्थिक सामाजिक शैक्षिक स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन र समूदायको समग्र बिकासको लागि परिकल्पना गरेर राजापुर क्षेत्रका साथीहरुले निस्वाथ्य समाज सेवा भावनाले एउटा गैर नाफामूलक गैर सामाजिक संस्थाका रुपमा स्थापीत गरी २०४९ माघ १० मा जिल्ला प्रशासन कार्यालय दर्ता गराई अगुवा गर्ने मौका मिल्यो साथै समाज कल्याण परिषदमा काठमाण्डौ २०४९ माघ २६ गते आवद्ध गरीयो ।
यस संस्थाले आफ्नो स्थापना काल देखि नै ब्यक्ति बिभिन्न सरकारी राष्ट्रय तथा अन्तराष्ट्रिय गैर सरकारी दात्री संस्था निकायहरुको समन्वय, सबन्ध, सम्पर्क र सहयोगमा चेतनामूलक शिपमुलक, आयमूलक, स्वास्थ्य तथा अधिकारमुखी कार्यक्रम समेत संचालन गर्दै आइरहको जानकारी गराउन पाउदा खुशी लागेको छ ।
साथै यस संस्थाले आफ्नो कार्य प्रगति गर्दै गए पछि यसको बिस्तारको लागि बर्दिया जिल्लाको सम्पूर्ण भागलाई बिस्तार गरी क्षेत्र अगाडी बढाइयो । बर्दिया जिल्लामा एक स्थापित संस्थाको रुपमा पहिचान बनाई सकेको छ । जसले गर्दा संस्थापक साथीहरुलाई खुशिलाग्नु स्वाभाबिक हो ।
नेपाल सरकारको निति तथा कार्यक्रम र संस्थाको उद्देश्य प्राप्तीको लागि गैरसरकारी संस्था महासंघ नेपाल गैर सरकारी समन्वय समिति, बर्दिया र सुरक्षीत मातृत्व संजाल महासंघ नेपाल, मानव बेच बिखन नियन्त्रण समिति, स्वास्थ्यको लागि मानब संसाधान एलायन्स, जिल्ला कृर्षी बिकास एलायन्समा आबद्ध समन्वय र सहकार्य गर्दै आइरहेको छ ।
समुदायको आर्थिक अवस्थामा बृद्धी सामाजिक परिवर्तन, शैक्षिक क्षेत्रमा अगाडी बढीरहेको र स्वास्थ्यमा ठुलो सुधार तथा राजनैतिक क्षेत्रमा पनि ठुलो पारिवर्तन आएको छ ।
अहिले हाल संस्थाले कार्य क्षेत्र बढाएर ४ जिल्ला (बाँके, कैलाली, कन्चनपुर र बर्दिया) समुदायमा आधारित बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । हाल यस संस्थाका संस्थापक सदस्य कृष्णजंग शाहको अध्यक्षतामा उहाँको सकृय र लगन शिलतामा संस्थाले उत्तरोत्तर प्रगति गरी रहेको छ ।
स्थापना काल देखि यस संस्थालाई सहयोग गर्ने जन समुदाय संस्थापक सदस्य, सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय समुदायहरुले सहयोगरी योगदान पुर्याएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया सामाजिक सेवा गर्ने उद्देश्यले बि.सं.२०४९ साल माघ ६ गते बर्दिया जिल्लामा स्थापना भएको नाफा रहित एउटा गैर सरकारी संस्था हो । यस संस्थाको जन्म बर्दिया जिल्ला, भौंरा टप्पा हाल राजापुर नगरपालिका र गेरुवा गाउँपालिका (साविक ११ गा.वि.स. राजापुर टप्पु ) का ११ जना समाज सेवी आदरनिय दाजुहरुको महान बिचारको उपज हो । संस्थाको उद्देश्य सत्य, निस्पक्ष, उच्च र महान बिचार छ भने संस्था दीगो हुन्छ र उद्देश्य अनुसार लक्ष्य प्राप्त गर्न सक्छ । त्यसैको फलस्वरुप यस गेरुवा ग्रामीण जागरण संघले स्थापना काल देखि हाल सम्म २८ बर्षको अवधिमा मानविय विकास, शैक्षिक विकास, सामाजिक विकास, स्वास्थ्य विकास र आर्थिक विकास क्षेत्रहरुमा काम गर्दै आइरहेको छ ।
हाल गेरुवा ग्रामीण जागरण संघले स्वास्थ्य, सरसफाई तथा जनचेतना क्षेत्रमा आफ्नो अलग पहिचान बनाई सकेको ब्यहोरा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ्ग गरी ४ जिल्लाहरुमा स्वास्थ्य कार्यक्रमहरु बिस्तार गर्न सफल भएको ज्वलन्त उदाहरण हो । त्यसै गरी कमैयाहरु मुक्त गर्न आन्दोलन देखि मुक्त कमैया घोषणा पस्चात मुक्त कमैया पुनस्थापना कार्य सम्म उल्लेखनिय काम गरेको बर्दिया जिल्लाका मुक्त कमैया बस्तिहरुबाट प्रमाणित गरेको छ ।
अन्त्यमा यस गेरुवा ग्रामीण जागरण संघले उपरोक्त जिल्लाहरुमा बिभिन्न क्षेत्रहरुमा काम गर्न आर्थिक सहयोग गर्ने दातृ संस्थाहरुलाई धन्यवाद दिन चाहन्छुँ साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गर्ने उपरोक्त ४ वटा जिल्लाका सम्पूर्ण जनसमुदायहरु, पत्रकार महानुभावहरु, सरकारी कार्यालय तथा गैर सरकारी संघ संस्थाहरु र प्रमुख ज्युहरुलाई संस्थाको तर्फबाट र ब्यक्तिगत रुपमा हार्दिक धन्यवाद दिन चाहन्छुँ ।